हामी पद छोड्दैछौं तर मैदान छोडिरहेका छैनौँ : बाइडेन

वासिङ्टन/ अमेरिकाका निवर्तमान राष्ट्रपति जो बाइडेनले आफूहरूले मैदान नछोडेको बताए।
राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ पछि बिदाइ हुने क्रममा बाइडेनले संयुक्त बेस एन्ड्रयूजमा छोटो मन्तव्यमा भने ‘हामीले पद छोड्दै छौ तर मैदान छोडिरहेका छैनौ।’
आफ्नी श्रीमती जिल बाइडेन सँगै क्यालिफोर्निया उड्नु अगाडि पूर्व राष्ट्रपतिको रूपमा उनको पहिलो मन्तव्य थियो।
उनले भने कि ट्रम्पको उद्घाटन भाषणले “हामीसँग धेरै गर्न बाँकी छ” देखाएको छ र समर्थकहरूलाई राजनीतिक कार्यमा जुटाउने प्रयास गरेको छ।
बाइडेनले अमेरिकीहरूलाई संलग्न रहन र एक अर्काको ख्याल राख्न प्रोत्साहित गरे।