न्यु योर्क सिटी मेयर एड्मसले नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई भेट्दै

पेन्सिलभेनिया/ नवनिर्वाचित राष्ट्रपति ट्रम्पले दोश्रो कार्यकालको शपथ ग्रहण गर्नु केही दिन अगाडी मात्र सिटी का मेयर एरिक एड्मसले ट्रम्पलाई भेटवार्ता गर्न फ्लोरिडा जानु लाई निकै चासोको साथ हेरिएको छ ।
यसमा पनि एडमस् ले एकाएक तय गरेको मार ए लोगो फ्लोरिडाको यात्रा ट्रम्पको आप्रवासन नीति लाई न्यू योर्क सिटिले साथ दिने सङ्केत गरेको अंकलन गरिएको छ।
मेयर एडमस् र ट्रम्प बिच फ्लोरिडा स्थिति ट्रम्प निवास मार ए लोगो मा आज शुक्रवार जनवरी १७ गते दिनको १ बजे भेट वार्ता हुँदै छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि कठोर आप्रवासी नीति लिँदा न्यू योर्क सिटी ले सिटी भित्रका आप्रवासी को संरक्षण गरेको थियो। अहिले भने सिटी ट्रम्पको नीति प्रति उदार हुने सङ्केत देखिएको छ ।
मेयर एडमस् ले न्यू योर्क सिटीको सफलताको लागी संधिय सरकारसँगको सहकार्यता अपरिहार्य रहेको बताउँदै आएका छन् । न्यू योर्क सिटीका मेयर एडमस् माथि भ्रष्टाचार को सङ्घीय मुद्दा चलिहेरेको छ । यही सन्दर्भमा नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पनि आफ्ना भाषणहरूमा यदि आप्रवासीको नीतिमा न्यू योर्क सिटी ले आफूलाई साथ दिए मेयर माथि लागेको भ्रष्टाचारको सङ्घीय मुद्दामा क्षमा दिन सक्ने भन्ने अभिव्यक्ति दिँदै आएका छन् ।
यसै सन्दर्भलाई मध्य नजर गरी एडमस् र ट्रम्प बीच गीभ एण्ड टेक को सम्झौता हुन सक्ने अनुमान लगाउन सकिन्छ । आजको भेटवार्ता मा सोही अनुसार सहकार्य हुने समझदारी हुने देखिन्छ । सेन्टर फर माइग्रेसन स्टडिड को एक आँकडा अनुसार अमेरिका मा करिब १२ मिलियन कागजपत्र विहीन आप्रवासी छन् । यसको ठुलो हिस्सा न्यु योर्क सिटीमा बसोबास गर्दै आएका छन् ।