सुडानको लागि टीपीएस १८ महिना थप, नेपालको के होला?

वासिङ्गटन/ अमेरिकाले सुडानको टेम्पोररी प्रोटेक्टस स्टाटस (टीपीएस) १८ महिनाका लागि थप गर्ने निर्णय गरेको छ।
‘कानून अनुसार, हालको टीपीएस विस्तारको म्याद सकिनुभन्दा कम्तिमा ६० दिन अगाडि र उपयुक्त सरकारी एजेन्सीहरूसँग परामर्श गरेपछि, टीपीएस लागि सर्तहरू पूरा हुन्छन् कि हुँदैनन् भनेर निर्धारण गर्न विदेशी राज्यमा भएका सर्तहरूको समीक्षा गर्नुपर्छ।’ अमेरिकी नागरिकता र आप्रवासन सेवाहरू युएससीआइएसद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ।
युएससीआइएसले युक्रेन र भन्येज्युएलाको पनि टीपीएस विस्तार गरेको जनाएको छ।
युएससीआइएसले आवश्यक समीक्षा पछि, गृह सुरक्षा विभाग ( डीएचएस ) ले जनवरी १०, २०२५ मा सुडानको लागि अप्रिल २०, २०२५ देखि अक्टोबर १९, २०२६ सम्म १८ महिनाको लागि टीपीएस को विस्तारको घोषणा गरेको जनाएको छ।
‘सुडानको लागि टीपीएसको विस्तारले हालका लाभार्थीहरूलाई अक्टोबर १९, २०२६ सम्म टीपीएस कायम राख्न पुनः दर्ता गर्न अनुमति दिन्छ, यदि तिनीहरूले अन्यथा टीपीएसको लागि योग्यता आवश्यकताहरू पूरा गर्न जारी राख्छन् भने।’ विज्ञप्तिमा भनिएको छ,
‘अक्टोबर १९, २०२६ सम्म आफ्नो स्थिति विस्तार गर्न चाहने विद्यमान टीपीएस लाभार्थीहरूले जनवरी १७, २०२५ देखि मार्च १८, २०२५ सम्म पुनः दर्ता अवधिमा पुनः दर्ता गर्नुपर्नेछ।’
२०७२ सालको भुकम्प पछि झण्डै दश हजार नेपालीले शुरुमा टीपीएस लिएका थिए। नेपालीलाई दिइएको टीपीएस जुन २४ २०२५ सम्म कायम छ।
न्यु योर्कमा सक्रिय अधिकार नामक संस्थाका अनुसार हाल करिव चार हजारले मात्र टीपीएस नविकरण गरेका छन्।