डोनाल्ड ट्रम्पको शपथ समारोहमा दुई लाख बढी प्रत्यक्ष सहभागी हुने लक्ष्य

वासिङ्टन/ अमेरिकी राष्ट्रपतिका लागि गत नोभेम्बरमा चुनाव जितेका डोनाल्ड ट्रम्पले जनवरी २० तारिख आफ्नो दोस्रो कार्यकाल औपचारिक रूपमा शुरु गर्ने छन्। त्यस अगाडि १९ तारिखमा विजयी र्याली हुने छ।
आगामी सोमबार ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा ह्वाइट हाउसमा फर्कनेछन्। त्यस अगाडी उनले औपचारिक शपथ लिने छन्।
सङ्गीतमय समारोह, उत्सव परेड हुनै ट्रम्प ह्वाइट हाउस दोस्रो पटक प्रवेश गर्ने छन्। सोही दिन निर्वाचित उपराष्ट्रपति जेडी भान्सले पनि पदको शपथ लिनेछन्।
“म गम्भीरतापूर्वक शपथ लिन्छु कि म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको कार्यालयलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नेछु, र मेरो क्षमताले भ्याएसम्म संयुक्त राज्य अमेरिकाको संविधानको संरक्षण, संरक्षण र रक्षा गर्नेछु।” यो शपथ लिए पछि ट्रम्पको कार्यकाल औपचारिक रूपमा शुरु हुने छ।
ट्रम्प २०१६ देखि २०२० सम्म एक कार्यकाल राष्ट्रपति भइसकेका हुन्। २०२० चुनावमा भने उनी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम सँग पराजित भएका थिए।
ट्रम्पको शपथ समारोहका लागि अमेरिकी क्यापिटल र ह्वाइट हाउसलाई सिँगारिएको छ।
जनवरी २० का दिन ट्रम्प सेन्ट जोन्स चर्च, लाफायेट स्क्वायर, एक ऐतिहासिक वासिङ्टन डिसी चर्चमा सेवामा रहने छन्। त्यस पछि ह्वाइट हाउसमा चियापानको कार्यक्रम तय गरिएको छ।
ट्रम्पको शपथ समारोहमा पूर्व अमेरिकन आइडल विजेता क्यारी अन्डरवुडले प्रस्तुति दिने जनाइएको छ।
ट्रम्पका लामो समयदेखिका साथी र सहयोगी गायक ली ग्रिनवुडले पनि उद्घाटन समारोहमा प्रस्तुति कार्यक्रम राखिएको छ। यस्तै ओपेरा गायक क्रिस्टोफर म्याचियोले पनि प्रस्तुति दिनेछन्।
अमेरिकी डिस्को समूह द भिलेज पिपलले आइतबार ट्रम्पको विजय र्यालीमा र सोमबार उद्घाटन र्यालीमा प्रस्तुति दिनेछ।
शपथ समारोहमा वासिङ्टन डिसीमा लगभग दुई लाख बढी मानिसहरू देखा पर्ने अपेक्षा गरिएको छ। समारोहमा टिकट निःशुल्क गरिएको छ तर अग्रिम टिकट लिनु पर्ने छ।