अमेरिकामा पुनर्स्थापना भएका भेनेजुएलाका शरणार्थीहरूलाई बीसीएचको स्वागत

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ भुटनीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) ले शरणार्थी पुनर्स्थापनामा विभिन्न देशबाट अमेरिका आएकाहरूलाई स्वागत गरेको छ।
ह्यारिसबर्ग इन्टरनेश्नल विमानस्थलमा बुधवार भेनेजुएलाबाट आएका शरणार्थी परिवारलाई बीसीएच पदाधिकाले स्वागत गरे।
बीसीएचले संघीय कार्यक्रम अन्तर्गत शरणार्थी परिवारलाई व्यवस्थापन गर्ने जिम्मा पाएको छ।
‘नयाँ परिवारलाई सजिलो बनाउन हामीले काम गरेका हौ।‘विमान स्थलमा समाज टाइम्स सँग प्रतिक्रिया दिँदै बीसीएच अध्यक्ष तिलक निरौलाले भने, ‘ आज एयरपोर्टमा स्वागत गर्यौ, अब उहाँहरूलाई आवश्यक सहयोग गर्छौ। यस्तो कार्यक्रम वर्ष भरी नै चली रहन्छ।’
अध्यक्ष निरौलाका अनुसार यो वर्ष करिब एक सय परिवारलाई पुनर्स्थापनामा सहयोग गरिने कार्यक्रम रहेको छ।
‘उहाँहरूलाई बस्ने ठाउँ हामी खोजी सकेका छौ, अब आज हामीले खाना खुवाउँछौ, सपिङ गर्ने र अन्य कागजपत्र सँग सम्बन्धी काममा पनि हामी सहयोग गर्छौ।‘निरौलाले भने, ’उहाँहरू सक्षम नभए सम्म हामी सहयोग गर्छौ।‘