१३ वर्षदेखि माघेसंक्रान्तिमा खिचडी भोज

जनकपुर । माघे सङ्क्रान्तिको अवसरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि जनकपुरधाममा खिचडी भोज गरिएको छ ।
जनकपुरधामको जानकी चोकस्थित अंगराज सर (अरगज्जा) पोखरीको डिलमा खिचडी भोजको आयोजना गरिएको हो ।
जानकी मन्दिर छेउमा रहेको जानकी चोकका स्थानीय युवा तथा व्यापारीहरूले खिचडी भोजको आयोजना गर्ने गर्छन् ।
भाइचारा र संस्कृतिलाई जोगाउनका लागि विगत १३ वर्षदेखि यस भोजको आयोजना गर्दै आएको स्थानी युवा वीरेन्द्र कर्णले बताए । उनले हरेक धर्म, वर्ग र जातका व्यक्तिलाई एकै ठाउँमा राखेर खिचडी खुवाउने गरेको उनले बताए ।
खिचडी भोजमा करिब ८०० जनाले यहाँ आएर खाने उनले बताए । भोजमा खिचडी, पापड, अचार, दही, चिनी, घ्यूसहितको परिकारको व्यवस्था गरिन्छ । भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीय, सञ्चारकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको छ ।