दीर्घ जीवन र स्वास्थ्य मुटुको लागी बिहानीको कफी

ल्यानक्यास्टर, पेन्सिलभेनिया / के तपाई कफी पिउनु हुन्छ ? पिउनु हुँदैन भने अव बाट पिउन सुरु गर्नुहोस् ।
युरोपियन सोसाइटी आफ कार्डियोलोजीको युरोपियन हर्ट जर्नल को २०२५ मा प्रकाशित सोध कफी ड्रिङकिङ्ग टाइमिङ एण्ड मोर्टालिटी इन यूस एडल्टले बिहानीको समयमा पिउने कफी दीर्घ जीवन तथा स्वास्थ्य मुटुको लागी लाभदायक हुने तथ्य निकालेको छ ।
जर्नलले जनवरी आठ तारिकमा अध्ययन रिपोर्ट सार्वजनिक गरेको हो। (अध्ययन रिपोर्टका लागि यहाँ क्लिक गर्नु होला)
सन् १९९९ देखी २०१८ सम्म करिब ४० हजार अमेरिकन बिच गरिएको अध्ययनमा कफी नपिउने भन्दा कफी पिउनेहरू लामो समय बाँच्ने गरेको देखाएको छ । उक्त सोध का अनुसार बिहानीमा पिउने कफी निकै प्रभावकारी हुने देखाएको छ । कफी पिउने बानीलाई बिहान (४ देखि १२ बजे) , दिउसो र साँझ गरी अध्ययन गरिएको थियो ।
उक्त अध्ययनले बिहान कफी पिउनेको कम उमेरमा कुनै पनि कारणले मृत्यु हने संयोग १६ प्रतिशतले कम हुने देखाएको छ । त्यसो त बिहानी पख कफी पिउनेहरूको ह्दयघातबाट मृत्यु हने जोखिम ३१ प्रतिशतले कम हुन्छ ।
बिहानी बाहेक अन्य समयमा कफी पिउनेहरूमा कफीको प्रभावकारिता कम रहेको उक्त सोध को छ । उक्त सोध अनुसार कफी बिहान ४ बजे देखी दिनको १२ बजे भित्र पिउनु मुटु स्वास्थ्यमा राम्रो हुने बताएको छ ।