अर्जुन गुरुङ भुट्नीज गुरुङ कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्गपेन्सिल्भेनियाको अध्यक्ष चयन

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ भुट्नीज गुरुङ कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्ग पेन्सिल्भेनियाले नयाँ नेतृत्व पाएको छ।
अर्जुन गुरुङ संस्थाको नयाँ अध्यक्ष बनेका छन्। उनको कार्यकाल पाँच वर्षको हुने छ।
ह्यारिसबर्गमा आइतबार आयोजित तमु ल्होसार समापनका अवसरमा अर्जुनको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिएको हो।
‘नयाँ वर्ष सँगै हाम्रो बोर्डमा पनि नयाँ अध्यक्ष आउनु भएको छ। म उहाँहरूलाई बधाई दिन चाहन्छु । ‘निवर्तमान बन्दै गरेका अध्यक्ष हेम राज गुरुङले भने।

संस्थामा भक्त गुरुङ उपाध्यक्ष चयन भएका छन्। यस्तै शेराब गुरुङले महासचिवको जिम्मेवारी पाएका छन्।
यस्तै गर्जा गुरुङ उपमहासचिव, भीम गुरुङ कोषाध्यक्ष र सोम माया गुरुङ उपकोषाध्यक्ष रहेका छन्।
विनीता लामिछाने रोधी अध्यक्ष, दीपक गुरुङ उप रोधी अध्यक्ष, आइता गुरुङ खेल तथा खेल संयोजक रहेका छन्।
यसै गरी खड्ग गुरुङ उप खेल तथा खेल संयोजक, कमला गुरुङ आमा समूहकी अध्यक्ष, धन बहादुर गुरुङ बोर्ड मार्केटिङ म्यानेजर, प्रकाश गुरुङ बोर्ड स्पिकर, नरेश गुरुङ शैक्षिक तथा सांस्कृतिक गतिविधि संयोजक र जीवन गुरुङ शैक्षिक तथा सांस्कृतिक गतिविधि उप संयोजक चयन भएका छन्।
बोर्डका सल्लाहकारहरूमा राम कुमार गुरुङ, राम गुरुङ,पालमान गुरुङ, शिवराज गुरुङ, प्रेमकुमार गुरुङ, नामग्याल गुरुङ र कमल गुरुङ रहेका छन्।
र यो पनि…