५० केजी लागु औषध गाँजासहित चार जना पक्राउ

पर्सा । लागु औषध गाँजा ५० केजी सहित पर्सा प्रहरीले वीरगन्जबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले वीरगन्जको हानगरपालिका –२० हरपतगञ्जबाट मंगलबार राति नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ तीनटोलियाका ३६ वर्षीय अकबर मियाँ , वडा नम्बर ७ कै छपकैयाका ४५ वर्षीय शिव महतो र वडा नम्बर १ विश्रामपुरका ४० वर्षीय पारस यादव, ५२ वर्षीय मैनुदिन मियाँ रहेका छन् ।
पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार कुलोको बाटो भएर टाउकोमा गाँजा बोकेर जाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
गाँजासहित नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागु औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लम्सालले बताए ।
प्लास्टिकको बोराभित्र रातो प्लास्टिकले बेरी राखिएको चार पोकामा ५० केजी लागू औषध गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।