एमाले केन्द्रीय कमिटी बैठक: प्रतिवेदनहरूलाई छलफलमा लगियो

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सबै प्रतिवेदनहरूलाई छलफलमा लगिएको छ ।
बैठकमा छलफलका निष्कर्षहरुलाई अध्यक्ष र महासचिवले जवाफ दिएर मंगलबार बैठक सकिने नेता महेश बस्नेतले बताए ।
उनले भने, ‘बैठकमा सबै प्रतिवेदनहरूलाई छलफलमा लगिएको छ । छलफलका निष्कर्षहरुलाई अध्यक्ष र महासचिवले जवाफ दिएर भोलि या पर्सिमा बैठक सकिने छ । हामी कार्यपालिका साथ अगाडि बढेका छौँ । ’
यसै गरी केन्द्रीय कमिटी बैठकमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले भीम रावल एमालेमा फर्किने सम्भावना नरहेको बताए ।
उनले लामो समयदेखि एमालेमा योगदान दिएका नेता रावलले अनेक कोणबाट एमालेलाई प्रहार गर्न खोजेको बताए ।