डिस्काका थप पाँच खेलाडीलाई ‘ब्याल्कबेल्ट’

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ड्रुक इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसनका (डिस्का) थप पाँच खेलाडीले ब्याल्कबेल्ट पाएका छन्।
अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा रहेको सेन्टर डोजोमा शनिवार उनीहरुले ‘बेल्ट ग्रेडिङ’ परीक्षा पास गर्दै ब्याल्कबेल्ट पाएका हुन्।
डिस्काका अध्यक्ष डा. हेमन्त घिसिङका अनुसार आयुष तामाङ, किथ विष्ट, अनिश अधिकारी शकनिल गुरुङ र सलिना लिङ्गदेनले ब्लाल्कबेल्ट पाए।
पाँचै जना खेलाडी ब्याल्कबेल्ट परीक्षा दिन ओहायोबाट ह्यारिसबर्ग आएका हुन्। सलिन र शकनिल डिस्का एक्रोन ओहायोका खेलाडी हुन्। यस्तै अन्य डिस्का कोलम्बसका खेलाडी हुन्।
शनिवार नै सेन्टर डोजो ह्यारिसबर्गका अन्य ६४ जनाको विभिन्न तहको बेल्ट ग्रेडिङ गरिएको थियो।
डिस्का कराते खेलको विकासका लागि नेपाली भाषी भुटानी समुदायले सन् २०१६ मा स्थापना गरेको संस्था हो।
यस पटक डिस्काका चौथो व्याचले ब्याल्कबेल्ट लिएका हुन्। अध्यक्ष घिसिङका अनुसार अहिले सम्म डिस्काबाट १७ जनाले ब्याल्कबेल्ट लिएका छन्।
सन् २०२१ मा डिस्काबाट दुई पहिलो व्याचले ब्याल्कबेल्ट लिएका थिए। त्यस पछि २०२२ मा दोस्रो व्याचमा चार जनाले ब्याल्कबेल्ट लिएका थिए। गत वर्ष सर्वाधिक ६ जनाले ब्याल्कबेल्ट लिएका थिए।
डिस्का अन्तर्गत अमेरिका सात वटा डोजो छन्। जसमा तीन सय भन्दा बढी खेलाडी नियमित प्रशिक्षणमा रहँदै आएको डिस्का अध्यक्ष डा. घिसिङको भनाई छ।
डिस्काले सन् २०२३ देखि च्याम्पियनसिप आयोजना गर्न शुरु गरिसकेको छ। अब डिस्का ओपन २०२५ आगामी जुनमा हुने घोषणा गरिएको छ।
डिस्का बेल्ट ग्रेडिङ हाइलाइट…
र यो पनि ….